ताजा अपडेटः

प्रतापपुरमा ३५५ जना महिलामा पाठेघर सम्बन्धी परिक्षण गर्दा ९६ जनामा समस्या

प्रतापपुरमा ३५५ जना महिलामा पाठेघर सम्बन्धी परिक्षण गर्दा ९६ जनामा समस्या प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार २१:२७


नवलपरासी । इन्द्रेणी सामाजिक विकास मंच र प्रतापपुर गाउँपालिकाको सयुंक्त आयोजनामा प्रजनन रुग्णता पाठेघर खस्ने समस्या पहिचान सम्बन्धि २ दिने निशुल्क स्वास्थ्य शिविर ठुलो खैरटवा स्वास्थ्य चौकी र पिपरपाती आधारभुत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । सो शिविरमा ठूलो खैरटवा स्वास्थ्य चौकीमा कुल १७४ जनाले सेवा लिएकोमा ३२ जनामा र पिपरपाती आधारभुत स्वास्थ्य केन्द्रमा १८१ जनाले सेवा लिएकोमा  ६४ जनामा  पाठेघर सम्बन्धि समस्या भै शल्यक्रिया गर्नु पर्ने समस्या पहिचान भएको छ ।
उद्घाटन कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष मान कुमार चौधरीले प्रतापपुर गाउँपालिकामा रहेका सम्पुर्ण महिलाहरुमा रहेको पाठेघरको समस्या पहिचान गरि उपचार गर्नका लागि इन्द्रेणी सङ्ग मिलेर शिविर संचालन गरिएको र धेरै भन्दा धेरैले यो सेवा उपयोग गर्नका लागि आग्रह गर्नुभयो । इन्द्रेणी सामाजिक विकास मंचले प्रतापपुर गाउँपालिकामा स्वास्थ्यको सवालमा धेरै नै काम गरेर सकारात्मक परिवर्तनहरु देखा परेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
परिक्षण पश्चात् सल्यक्रिया गर्नुपर्ने लाई इन्द्रेणी सामाजिक विकास मंचले समन्वय गरेर शल्यक्रिया गर्ने प्रतापपुर स्वास्थ्य शाखा प्रमुख मन्तोश कुमार मुरावले जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन गरिएको थियो भने कार्यक्रम ठूलो खैरटवा स्वास्थ्य चौकीमा वार्ड अध्यक्ष जन्त्री वरइ र पिपरपाती आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा अध्यक्ष सन्तोश राजभरको अध्यक्षतामा सम्पन्न  गरिएको थियो  ।



Ads