ताजा अपडेटः

नवलपरासी महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम

नवलपरासी महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार २२:१३

कल्पना खरेल,नवलपरासी । नवलपरासी महिला प्रेस क्लबद्वारा  प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गेरकाे छ । संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षतामा”  स्थानीय सरकार सगँ महिला पत्रकारको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा अध्यक्षकाे अवधारणा पत्र सार्वजनिक गर्दै संस्थाकी अध्यक्ष कल्पना खरेलले नवलपरासी महिला प्रेस क्लब एकमात्र महिला पत्रकार र महिला संचारकर्मिहरूकाे संगठन भएकाे बताउनुभयाे ।
उहाँले  जिल्लामा संचार क्षेत्रमा क्रियाशिल महिला पत्रकारहरु माथि समय समयमा आइपर्ने पेशागत समस्याहरुको समाधान गरि  पत्रकारहरु बिच सुसम्बन्ध, एकता कायम गर्न एवम् संस्थागत विकास, पेशागत हकहित र व्यवसायिक क्षमता सहित पेशाको सुरक्षा गर्दै “समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध खबरदारी, स्थानीय विकासमा हाम्रो साझेदारी ” भन्ने मान्यता सहित अगाडि बढेकाे बताउनुभयाे ।


जसका लागि सातै पालिकामा जनप्रतिनिधि, राजनैतिक दल, नगर स्तरिय संघ संस्था एवम् सामाजिक अगुवाहरुसंग “स्थानिय सरकार र स्थानीय सराेकारसगँ नवलपरासी महिला प्रेस क्लबको भूमिका” विषय अन्तरक्रिया कार्यक्रम संचालन गरी अभियानकै क्रममा लागेकाे अध्यक्षकाे तर्क त ।
कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँ पालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले महिला प्रेस क्लबलाई शुभकामना व्यक्त गर्दै स्थानीय सरकार सहकार्य गर्न तयार रहेकाे धारणा राख्नुभयाे ।
त्यसैगरी उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कुनैपनि प्रलोभनमा नपरी जनताका जायज मुद्दामा आवाज उठाउन गर्न सुझाब दिदै महिला प्रेस क्लबलाई आवश्यक सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।


उता प्रेस क्लबकी सचिव डाेल्मा चाैधरीले अहिलेसम्म सुनवल नगरपालिका , प्रतापुर गाउँपालिका र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यम गरिसकिएकाे र बाकि चार पालिकामा पनि छिट्टै याे अभियान संचालन हुने जानकारी दिनुभयाे ।
७ जना तदर्थ समिति सहित १५ जना समिति रहेकाे यस नवलपरासी महिला प्रेस क्लब यहीँ माघ २९ गते बैधानिक रूपमा  दर्ता भएकाे हाे ।



Ads