ताजा अपडेटः

मेयरकप फुटवलकाे पहिलाे खेलमा वडा नम्बर १ काे सानदार जित

मेयरकप फुटवलकाे पहिलाे खेलमा वडा नम्बर १ काे सानदार जित प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार २२:३३

कल्पना खरेल,नवलपरासी । पश्चिम् नवलपरासीको सुनवलमा आजदेखि ७ औं मेयर कप फुटबल प्रतियोगिता बाजागाजा र मार्चपास सहित तामझामले सुरु भएको छ । सुनवल नगरपालिका वार्ड नम्बर ४,मच्छरमारा खेल मैदानमा सुरु भएको मेयर कप फुटबल प्रतियोगिता को उदघाट्न सुनवल नगरपालिकाकाे नगरप्रमुख बिमला अर्यालले गर्नुभएकाे थियाे ।  कार्यक्रमकाे उद्घाटन गर्दै नगरप्रमुख अर्यालले खेललाई खेल अबधिभर सभ्य, मर्यादित,अनुसासित र बिवाद रहित ढङ्गले संचालन गर्न आग्रह गर्नुभयाे ।
उहाँले सुनवल नगरपालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म चिनाउने माध्यम खेल भएकाेले स्थानीय सरकार खेलकाे स्तरउन्नती र विकाशमा सदैव लागि परेकाे धारणा राख्नुभयाे ।
वडा नम्बर १ र वडा नम्बर ४ रातो बिच भएकाे पहिलाे खेलमा  शुन्यका विरूद्व ४ गाेल गर्दै वडा नम्बर १ विजयी भएकाे छ । वडा नम्बर १ का जर्सी नम्बर ७ का खेलाडी आदित्य पौडेलले ४ गोल गर्दै  म्यान अफ द म्याच घाेषित भएका छन् ।
त्यस्तै भोलीकाे खेल वडा नम्बर ५ र वडा नम्बर १३ बिच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।  चित्र बहादुर गुरुङ र जगत पौडेलकाे संचालन र नम्बर ४ का अध्यक्ष बालकृष्ण पङेनीको स्वागत रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले शुभकामना मनत्बय राख्नुभएकाे थियाे ।



Ads