ताजा अपडेटः

सरकारी लिखत, छाप किर्ते गर्ने मानिस पक्राउ

सरकारी लिखत, छाप किर्ते गर्ने मानिस पक्राउ प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार २२:३८

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाट १४ गंगाबस्तीबाट प्रहरीले सरकारी लिखत,छाप किर्ते गर्ने मानिसलाई पक्राउ गरेकाे छ ।  तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्ने शिव नारायण सिंहले सरकारी कागज तथा छाप किर्ते गरेको भन्ने गोप्य सूचनाका आधारमा  ईलाका प्रहरी कार्यालय बर्दघाटकाे प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेकाे हाे ।
शिवनारायणकाे घरमा खानतलासी गर्दा निज स्वयमको मृत्यु प्रमाणीत कागज पाना १, रोहिणी गाउँपालिका ४ नं. वडा कार्यालय छिपागढ रुपन्देहीको रवर स्ट्याम्प (छाप) थान १, वडाध्यक्षको रवर स्ट्याम्प (छाप) थान १, मिति २०६९।१०।०५ गतेको शिव नारायण सिंहको नामको सदगद पुर्जी समेतको फोटोकपी पाना १, र १६०२९ नं को जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शिवनारायण सिंहको नामको नागरिकताको फोटोकपी पाना १ समेत फेला परेकाे  छ ।
बरामद गरिएका सम्पूर्ण किर्ते कागजात र छाप सहित  पक्राउ परेका शिवनारायणलाई आज  जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा म्यादथप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी सुदर्शन पन्थीले बताउनुभएकाे छ ।



Ads