ताजा अपडेटः

मेयरकप फुटबलमा अनुसासनमा नबसे ३ वर्षसम्म खेल खेल्न नपाउनेगरि प्रतिबन्ध गरिने

मेयरकप फुटबलमा अनुसासनमा नबसे ३ वर्षसम्म खेल खेल्न नपाउनेगरि प्रतिबन्ध गरिने प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार २१:१७

कल्पना खरेल,नवलपरासी ।  साताै मेयर कप फुटबल प्रतियोगिता २०८० यहि फागुन २६ गतेबाट सुनवल ४ मक्षरमारा खेल मैदानमा हुने भएकाे छ ।
आज मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि मेयरकप फुटवल प्रतियोगिता फागुनकाे २६ गतेदेखि चैतकाे १० गतेसम्म हुने मेयर कप फुटबल प्रतियाेगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर पुनले बताउनुभयाे ।
“स्वास्थ्यकाे लागि खेलकुद र राष्ट्रकाे लागि खेलकुद ” भन्ने नारा सहित आयाेजना गरिएकाे उक्त मेयरकप फुटबल प्रतियाेगितामा नगरभित्रका १३ वटा वडाबाट १३ टिम र आयाेजक वडाबाट थप एक टिम गरि १४  टिम खेलमा सहभागी हुनेछन् ।
करिब १३ लाख खर्च अनुमान गरिएकाे यस  फुटबल प्रतियोगितामा ११ लाख सुनवल नगरपालिकाले दिने र बाकी २ लाख वडा नम्बर ४ ले व्यवस्था मिलाउने अध्यक्ष पुनले बताउनुभयाे ।
खेलकाे प्रथम पुरस्कार रू. १ लाख ५१ हजार सगँ ट्रफि, मेेडल ,द्वितीय पुरस्कार रू. ८५ हजार सगँ ट्रफि, मेडल  र सेमिफाइनल २ टिमलाई  रू २५/२५ हजार गरि रू ५० हजार सगँ ट्रफि मेडल रहेकाे छ ।
त्यस्तै  साथमा  उत्कृष्ट खेलाडी ,उत्कृष्ट गाेल रक्षक, सर्बाधिक गोलकर्ता लगायत विभिन्न बिधामा समेत पुरस्कारको ब्यवस्था गरिएको  छ ।
उता खेलाडी चाेटपटकका लागि १० हजार स्वास्थ्य विमा समेत गरिएकाे खेल विगतका खेल भन्दा फरक ,राेचक र अझ प्रतिस्पर्धात्मक हुने आयाेजक समितिले जनाएकाे छ ।
पत्रकार सम्मेलनमा टिमकाेच,टिम म्यननेजन तथा खेलाडीहरू खेल अवधिभर खेलकाे निर्णय बिरूद्व गएर अनुसासन हिन काम गरेमा नगरभित्र हुने कुनैपनि खेलमा ३ वर्ष सम्म खेल खेल्न नपाउने गरि प्रतिबन्ध गर्ने  समेत  मेयर कप फुटबल प्रतियाेगिता संचालन तथा व्यवस्थापन समितिले निर्णय गरेकाे छ  ।
वडा नम्बर ४ का वडा सदस्य तेज बहादुर गुरुङको स्वागत र  चित्र गुरुङकाे संचालन रहेकाे पत्रकार सम्मेलनमा वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापा, १ का वडा अध्यक्ष मान बहादुर थापा , ६ का वडा अध्यक्ष हिमलाल शर्मा, फुटबल सघं जिल्ला सचिब सुबिन्द्र कवर याेगि लगाएत समाजसेवी बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।



Ads