ताजा अपडेटः

पाल्ही बहुमुखी क्याम्पसमा चाैथाे पटक पुनः राधेश्याम पाठक विजयी

पाल्ही बहुमुखी क्याम्पसमा चाैथाे पटक पुनः राधेश्याम पाठक विजयी प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार १२:४८

नपलपरासी । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस, पाल्ही बहुमुखी क्याम्पसको निर्वाचमा पुन चाैथाे पटक राधेश्याम पाठक अध्यक्षमा विजयी  भएका छन्  । निकटतम प्रतिस्पर्धी धुरहु यादवलाई  मात्र १० मतले पछि पार्दै उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । पाठकले  २ सय १६ मत प्राप्त गर्दा यादवले २ सय ६ मत प्राप्त गरेका थिए ।
यसैगरी लेखा समितिको संयोजकमा रवि पाण्डे विजयी भएका छन् । उहाँले २ सय २८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी  रिंगला यादवले १ सय ९८ मत प्राप्त गरेकी थिइन् ।
अध्यक्ष पाठक नेपाली काग्रेसबाट उमेदवार हुन् भने लेखा समिति संयाेजक पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिए । कार्यसमितिको बाकी पद भने अध्यक्षले मनाेनित गर्ने व्यवस्था रहेको छ । जसमा १ महिला सदस्यमा लक्ष्मी पन्थी पाैडेल र २ जना संरक्षक सदस्यमा श्याम अग्रवाल र नगेन्द्र अग्रहरी  सर्वसम्मत भएकाे निर्वाचन अधिकृत राजेन्द्र खनालले जानकारी दिनुभयाे ।
पाल्ही बहुमुखी क्याम्पसमा कुल ४ सय ८७ जना मतदाता रहेकाेमा  ४ सय ५७ मत अर्थात  ९४ प्रतिशत मत खसेको थियो ।



Ads