ताजा अपडेटः

द पाइनिएर स्कुलद्वारा पुस्तक मेला

द पाइनिएर स्कुलद्वारा पुस्तक मेला प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार १८:५२

कल्पना खरेल,नवलपरासी । द पाइनिएर सेकेन्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल -१ पश्चिम नवलपरासीले आफ्नाे २३ ओै वार्षिकोत्सबकाे अबसर पारी विद्यार्थीहरूकाे विभिन्न कलात्मक प्रस्तुति गर्नुका साथै पुस्तक मेला गरेकाे छ ।
आज सनिवार विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्माकाे अध्यक्षता तथा संचालक समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा फरक पन दिन पुस्तक मेला गरिएकाे थियाे ।


पहिलाे पटक द पाइनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले साहित्यिक ,रचनाहरू, कथा, कविता , कानुन , जिवनी लगाएतका  पुस्तक राखि ” जाे पढ्छ उहीँ अगाडि बढ्छ “भन्ने अवधारणालाई अगाडि ल्याएकाे हाे ।
“सस्कार सहितकाे जीवन उपयाेगी शिक्षा हाम्रो प्रतिवद्वता “भन्ने नारा सहित राखिएकाे पुस्तक मेलामा अभिभावक र विद्यार्थी गरी ८ सय भन्दा बढीले अवलाेकन गरेकाे विद्यालयकाे प्रिन्सिपल कृष्णप्रसाद शर्माले बताउनुभएकाे छ ।


साेहि क्रममा बाेल्दै सुनवल नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले यस विद्यालयले विभिन्न प्रकृतिका अतिरिक्त क्रियाकलापबाट विद्यार्थीलाई पढाइ सगै व्यवहारीक सिकाइ पनि दिदै आएकाे बताउनुभयाे ।
शिक्षक यादव भट्टराईकाे स्वागत र शिक्षिका तारा बरालकाे संचालन रहेकाे कार्यक्रममा ४१ वटा नृत्य प्रदर्शन गर्नुका साथै वार्षिक पुरस्कार समेत वितरण गरिएकाे थियाे  ।



Ads