ताजा अपडेटः

पाल्पामा टिपर दुर्घटना हुँदा दुई युवाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा दुई युवाको मृत्यु प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार १०:५१

पाल्पा । पाल्पामा  लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालक सहित दुईजनाकाे मृत्यु भएको छ।
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ जाँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार दुर्घटनामा परेको हो।


घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।



Ads