ताजा अपडेटः

राष्ट्रिय भुमि आयाेगद्वारा सुनवल ४ काे जग्गा सर्वेक्षण तथा अनुगमन

राष्ट्रिय भुमि आयाेगद्वारा सुनवल ४ काे जग्गा सर्वेक्षण तथा अनुगमन प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार १६:१५


कल्पना खरेल,नवलपरासी । राष्ट्रिय भुमि आयाेग नवलपरासीले सुनवल नगरपालिका वडा नम्बर ४ काे जग्गा  सर्वेक्षण तथा अनुगमन गरेकाे छ । यहीँ माघकाे ३ गते भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई निस्सा वितरण गरिएकाेमा, नापजाँच अभियान सुरू गर्ने प्रकृयामा रहेकाे भुमि आयाेगले  आज साेमबार सर्वेक्षण तथा अनुगमन गरेकाे हाे ।
उक्त  सर्वेक्षण तथा अनुगम कार्यमा लुम्बिनी प्रदेश सांसद खड्क बस्नेत,भुमि आयाेगका अध्यक्ष देवराज भण्डारी,  सदस्य भविश्वर तिवारी, नापीकार्यालबाट नापि अधिकृत सनिल पाेख्रेल, सर्वेक्षण शिव कुमार मण्डल,वडा अध्यक्ष बालकृष्ण पंगेनी, वडा सदस्य,  स्थानीयबासी र स्थानीय बुद्धिजीवीकाे उपस्थिति रहेकाे थियाे ।
संयुक्त रूपमा गरिएकाे सर्वेक्षण तथा अनुगमन कार्य वडा नम्बर ४ काे क्याम्पस कलाेनी,बुद्वनगर टाेल, मक्षरमारा,केराबारी, सिमलटाडि,हडाहा,दामोदरकुण्ड, पाचघरे,चारघरे,साेमइटाेला, घाेला कुवर टाेल हुदै बेलारी सम्म गरिएकाे थियाे ।
सर्वेक्षण तथा अनुगमनका क्रममा नवलपरासी खबर सगँ बाेल्दै  भुमि आयाेग नवलपरासीका अध्यक्ष देवराज भण्डारीले नाप्न मिल्ने नमिल्ने दुवै प्रकृतिका जग्गा देखिएकाले छाेड्नुपर्ने जग्गा छाेडस मापदण्डमा रहेर काम गरिने बताउनुभयाे ।
त्यसैगरी अध्यक्ष भण्डारीले  ७ जना प्राबिधिक सहित राष्ट्रिय भुमिआयाेगले सिमिति स्राेत र साधनकाे बाबजुद पनि जिल्लाका ४ वटा पालिकामा भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई पुर्जा वितरण अभियानमा लागेकाेले धेैर्य गरेर बस्न समेत आग्रह गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले आफ्नाे क्षेत्रमा जंगल एरीया नभएकाे र वाउण्डरी एरिया भित्रका जग्गा देखिएकाेले जसरी निस्सा वितरण गरिएकाे छ,त्यसैगरी जग्गा पनि नापी गरेर दिन सक्नेमा विश्वस्त रहेकाे धारणा राख्नुभयाे ।
२०७७ /०७८ सालमा तत्कालीन भुमि आयाेगकाे अध्यक्ष विमला अर्याल हुदा भरिएका भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासी फर्म मध्ये ८ सय ५० लाई निस्सा वितरण गरिएकाे थियाे ।



Ads