ताजा अपडेटः

कपिलवस्तुमा बस दुर्घटना हुदा १० जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना हुदा १० जनाको मृत्यु प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार ०७:३२

कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ ।
गयराति १ बजे महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सूदुरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनाबाट ३० जना घाइते भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभएकाे छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



Ads