ताजा अपडेटः

सुनवल ६ ले गर्याे १ दिने आँखा सम्बन्धि माेतिविन्दु तथा आँखा राेग परिक्षण शिविर

सुनवल ६ ले गर्याे १ दिने आँखा सम्बन्धि माेतिविन्दु तथा आँखा राेग परिक्षण शिविर प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार १३:०७

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ६ ले निशुल्क १ दिने आँखा सम्बन्धि माेतिविन्दु तथा आँखा राेग परिक्षण शिविर सम्पन्न गरेकाे छ ।
आफ्ना स्थानीयबासीलाई आँखा चेकका लागि सहज  र प्रभावकारी सेवा प्रभाह गर्ने लक्ष्य सहित मंगलबार वडाले निशुल्क आँखा शिविर तथा माेतिबिन्दु शिविर संचालन गरेकाे हाे ।
नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा भएकाे उक्त शिविरमा २०-२५ बर्षदेखि ७५- ८०बर्षसम्मका आमा बुवाहरू लाैराे टेकेरै भएपनि आँखा चेक गर्न आएका थिए  ।
आफ्नाे घर आगनमा यसरी आँखा शिविर आउदा निकै दंग देखिन्थे स्थानीयबासी , भन्छन् , आँखा कमजाेर भयाे , चिलाउन थाल्याे , कम देख्न थालेका छाै , निरन्तर आँसु बग्छ , त्यसैले चेक गर्न आएका छाै ।
डा. विनाेद निता कण्डेल आँखा अस्पताल, परासीसगँ प्राविधिक सहयाेग लिएकाे वडाले अस्पतालबाट  २ जना नेत्र साहायक ,२ जना ओएटि १ कार्यालय सहयाेगी र ड्राइभर गरि ७ जनाकाे टाेलि आँखा चेककाे लागि आएकाे थियाे ।
आँखा शिविरको माध्यमबाट ६ नम्बर वडामा रहेका आँखा राेग माेतिबिन्दुकाे पहिचान गरि निशुल्क माेतिबिन्दुकाे अप्रेशनकाे व्यवस्था गर्ने सुनवल नगरपालिकाकाे कार्यक्रम अनुसार शिविरकाे आयाेजना गरिनुका साथै आँखा सम्बन्धि अन्य परिक्षण गरी ओैषधी वितरण गरिने बताउनुहुन्छ वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा तिवारी
यसरी १ दिने आँखा शिविरमा मात्र २ सय १८ जनाले आँखा परिक्षण गराएका छन् जसमा १८ जनालाई माेतिविन्दू देखियाे र  डा. विनाेद निता कण्डेल आँखा अस्पताल, परासीसगँ  सुनवल नगरपालिकाकाे निशुल्क माेतिबिन्दुकाे अप्ररेसन गर्ने सहमति अनुसार वडाकाे सिफारिस र  नगरपालिकाकाे सिफारिसमा निशुल्क अप्रेसन गरिने भएकाे छ भने अन्यकाे आँखा परिक्षण गरि ओैषधी समेत वितरण गरिएकाे छ ।
सुनवल नगरपालिकाले गत बर्षमात्र  १ सय ६९ जनालाई  निशुल्क माेतिबिन्दु अप्रेसन गरेकाे थियाे भने यस वर्ष पुषकाे अन्तिम सातादेखि सुरू भई अहिलेसम्म ७० जना भन्दा बढिले आखाँकाे निशुल्क माेतिबिन्दु अप्रेसन गरिसकेका छन् । यसरी आँखा नदेख्नेलाई आँखा देखाउने  सुनवल नगरपालिकाकाे जनमुखि कार्य प्रति नगरबासी खुसी मात्र हाेइन् सन्तुष्टि पनि देखिन्छन् ।



Ads