ताजा अपडेटः

रामग्रामको जोकवारमा निशुल्क बृहत स्वास्थ्य शिविर ६ सय जना लिए सेवा

रामग्रामको जोकवारमा निशुल्क बृहत स्वास्थ्य शिविर ६ सय जना लिए सेवा प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार १७:३९

गौरीशंकर जयसवाल

परासी २३ माघ । पश्चिम नवलपरासीमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटीद्वारा संचालित बृहत सामुदायिक स्वास्थ्य परियोजना क्यानेडियान रेडक्रसकोे आर्थिक सहयोग देवदह मेडिकल कलेजको सहकार्य तथा रामग्राम नगरपालिकाको आयोजनामा जिल्लाको रामग्राम वडान ९स्थित रहेको श्री जनता आधारभूत बिद्यालय जोकवारमा संचालन गरिएको हो ।रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवले एक दिने बृहत स्वास्थ्य शिविरको उदघाटन गरेका हुन ।
उदघाटन गदै नगरप्रमुख यादवले शिबिरबाट भरपूर्ण सेवा लिन आम नगरबासीहरुलाई अग्रह गरे । शिबिरले सामुदायमा लुगर रहेका बिरामीलाई पहिचान हुने उक्त स्वास्थ्य सेवाहरुले आम नगरिकलाई स्वास्थ्य सेवा पहुँच पुग्ने बिश्वास व्यक्त गरेका थिए ।
नगरउपप्रमुख सम्झाना चौधरीले यहाँमात्र यस्तो स्वास्थ्य शिबिर नभई क्रमश पालिकाको अरु वडाहरुपनि संचालन गर्ने बताईन । उनले यसक्षेत्रका बासीहरुले शिबिरमा स्वास्थ्य जाच गरी मौका फाईदा लिन नगरबासीहरुलाई अग्रह गरेकी थिईन । सुबिधा सम्पन्न अस्पताल र बिशेषज्ञ चिकित्सव पहुँचमा ल्याउने र समुदायमा लुगेका रोगहरुलाई निराकरन गर्ने उदेश्यले उक्त शिबिर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताए ।
शिबिरमा  वडा ९का र भारतसमेत गरी ६ सय जनाले सेवा लिएको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए। १० लाखको निशुल्क औषधीमा पनि बितरण गरिएको नेपाल रेडक्रस सोसाईटीमा संचालित सामुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रमका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिए ।
शिबिरमा ६ प्रकारको बिशेषज्ञ टोली परीक्षण गरिएको जसमा साधारण स्वास्थ्य परीक्षण ,नाका,कान घाँटी ,छाला सम्बन्धी,आँखा परीक्षण दाँत सम्बन्धी, बिशेषज्ञबाट बिरामीहरुलाई परीक्षण तथा  परामर्श प्रदान गरिएको वडा न९का वडाअध्यक्ष भोजनारायाण यादवले बताए ।