ताजा अपडेटः

प्याब्सन सुनवलद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्याब्सन सुनवलद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रकाशित मिति: १३ माघ २०८०, शनिबार २१:५५

सुनवल । प्याब्सन सुनवलले आज सनिवार माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ । निजी तथा आवासीय विधालय अर्गनाइजेसन प्याब्सन सुनवलका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा प्यावसन नपरासीका वरिष्ठ उपाधक्ष्य  डम्मर गुरुङकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएकाे हाे । जसमा  १४ टिमकाे सहभागीता रहेकाे  अध्यक्ष शर्माले जानकारी दिनुभयाे ।


उक्त हाजिरी जवाफ प्रतियोगितामा रामनगर एकेडेमी प्रथम, वसुनवल लोटम द्वितीय ,सुनवल युनाइटेड तृतिय र साकुरा मेमोरियल सान्त्वना भएका छन् ।
प्रतियोगिता  प्याब्सन सुनवलका सदस्य दिपक पौडेलकाे स्वागत प्याब्सन सुनवलका सचिव चाेलाकान्त रेग्मीले संचालनमा सम्पननन भएकाे थियाे ।



Ads