ताजा अपडेटः

सुनवलमा कुष्ठराेग प्रभावितलाई कम्मल,डस्टविन वितरण

सुनवलमा कुष्ठराेग प्रभावितलाई कम्मल,डस्टविन वितरण प्रकाशित मिति: १३ माघ २०८०, शनिबार २१:४१


कल्पना खरेल,नवलपरासी ।  ७१ औ विश्व कुष्ठरोग दिवसकाे अवसर पारि आज सुनवलमा विभिन्न सामान वितरण  गरिएकाे छ  । “कुस्ठरोग सम्बन्धी गलत अबधारणाकाे अन्त्य गरौ मर्यादित र  समान ब्याबहार गरौ” भन्ने मुल नाराका साथ लेप्रोसिक मिसन नेपाल इम्पेक्ट परियोजना द्वारा सुनवल नगरपालिका वडा नम्बर १, सोमनाथमा  कुष्ठरोग प्रभावितहरुलाई विभिन्न समान वितरण  गरिएकाे हाे ।
फरक छ्यमता भएकाहरुको बहुउद्देश्यीय सहकारी संस्थाका  ब्यबस्थापन समितिका उपाध्यक्ष अन्जु न्यौपानेको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा  ९ जना कुष्ठराेग प्रभावितलाई  १/१ थान कम्बल, १३ जनालाई १/१ क्यारेट अण्डा र फोहोरका लागि ५ थान डस्टबिन बितरण गरिएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष थापाले समाजमा कुष्ठराेगीलाई समान व्यबहारले हेर्नुपर्ने भन्दै रोग निवारणको लागि निरन्तर औषधीकाे प्रयोग गर्न सुझाव दिनुभयाे ।
लुम्बिनी प्रदेशको १२ वटा जिल्ला मध्ये कपिलवस्तु  र नवलपरासी जिल्लामा अधिकतम कुष्ठरोगी रहेका छन् जसमध्ये  नवलपरासीको ७ वटा स्थानीय तह मध्ये सुनवल नगरपालिकामा बढि कुष्ठराेगी रहेका छन् । कार्यक्रममा लेप्रोसिक मिसन नेपाल इम्पेक्ट परियोजनाका संयोजक सन्तोष सुनार,सङ्गीता शर्मा, समावेशी कृषि सहकारी सस्थाका अध्यक्ष माया थापा, सुबी भण्डारी, एलिसा गुरुङ लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।



Ads