ताजा अपडेटः

दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुस्तामा सम्पन्न

दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुस्तामा सम्पन्न प्रकाशित मिति: १० माघ २०८०, बुधबार ११:२६

श्याम थापा

माघ९ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज मंगलबार सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ ।
पालिका भित्र रहेको सामुदायिक,धार्मिक र संस्थागत बिधालयहरुबाट प्रतिनिधित्व गराई पालिकाको आयोजनामा दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरेको हो ।
श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुस्ता ४ नर्सहीका बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ कुश्वाहाको अध्यक्षयतामा,सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथित्यतामा,सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरी,सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल र सुस्ता गाउँपालिका वार्ड न ४ का वडा अध्यक्ष निल बहादुर गुरुङ्गको विशेष अतिथ्यतामा दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेको सामुदायिक,धार्मिक र संस्थागत माध्यमिक बिधालय सम्म गरि ३० वटा बिधालयको सहभागिता रहेकोे थियो ।

खेलकुद प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्यको लागी खेल एकदमै अति आवश्यक भएको कारणले विद्यार्थी भाइ बहिनीहरुलाई शिक्षाको लागि ज्ञान आर्जनका साथ खेलकुदबाट पनि शिक्षा आर्जन गराउन पर्ने आवश्यकता रहेको र खेल मनोरञ्जनको लागी मात्र होईन खेल हार जितको लागि मात्र होइन खेलले राष्ट्रको पहिचानमा अहम् भुमिका खेल्ने उहाँले बताउनुभयो ।
खेलकुद प्रतियोगितामा सहभागी ३० वटा बिधालय मध्येमा माबि तर्फ नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुस्ता ४ नर्सही प्रथम भएको छ भने महेन्द्र माध्यमिक बिधालय सुस्ता २ कुडिया दोस्रो र राष्ट्रिय माध्यमिक बिधालय सुस्ता १ छिबनी तेस्रो भएको छ ।
त्यसैगरी आधारभुत माध्यमिक बिधालय शुभकामना आधारभुत बिधालय सुस्ता २ फेनहारा प्रथम भएको छ भने दोस्रोमा सहिद बिष्णु पाण्डे आधारभुत बिधालय सुस्ता ४ नर्सही भएको छ र तेस्रोमा दिपेन्द्र आधारभुत बिधालय सुस्ता ५ पक्लिहवा भएको छ ।
त्यस्तै प्राथमिक तह तर्फ शिव शम्भु प्राथमिक बिधालय सुस्ता ३ रेवारेता प्रथम भएको छ भने दोस्रोमा सरस्वती प्राथमिक बिधालय सुस्ता ५ नन्दनगर भएको छ र तेस्रोमा मदर्सा हबिबिया सुस्ता ४ बिर्ता भएको छ ।

सो खेलकुद प्रतियोगिताको अवसरमा सुस्ता गाउँपालिकाको गौरवको सान भन्दै भारतको प्रतिष्ठत बनारस हिन्दु विश्वविधालयबाट चिकित्सा विज्ञान( माईक्रोवायोलोजि)मा गाउँपालिका भित्र एक मात्र विधावारिधि गरेका सुस्ता ४ नर्सहीका डा.श्री अनुराग कुमार कुश्वाहालाई पालिकाले र रोयल गोर्खा फिट्नेस् एण्ड एजुकेसनल एकेडेमी प्रा.लि सुस्ता-२ कुडिया बाट सम्मान तथा बधाईपत्रले सम्मान गरिएको थियो ।

खेलकुद प्रतियोगितालाई समापन गर्न अहम् भुमिका खेलेका शिक्षक तथा चन्दादाता र समाजसेवी लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । सो खेलकुद प्रतियोगिता कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक बिधालय सुस्ता ४ नर्सहीका प्रध्यानाध्यापक एव खेलकुद प्रतियोगिताका संयोजक राजेश कुमार पाण्डेको स्वागत मन्तव्य र कार्यक्रमको संचालन द्वेय शिक्षक तारा न्यौपाने र बिरेन्द्र शर्माले गर्नु भएको थियो ।



Ads