ताजा अपडेटः

सरावलमा तेस्रो राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगिता शुरु

सरावलमा तेस्रो राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगिता शुरु प्रकाशित मिति: ८ माघ २०८०, सोमबार ०६:३०


नवलपरासी । ” स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । सरावल गाउँपालिकाको आयोजना एवं सरावल-६स्थित जनता मावि भुजहवाको व्यवस्थापनमा शुरु भएको प्रतियोगिताकाे उद्वघाटन सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गर्नुभएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रत्येक वर्ष स्थानीय सरकारले राष्ट्रपति नरिङशिल्ड प्रतियोगितालाई निरन्तरता दिदै आएकाे उल्लेख गर्नुभयाे । सरावलले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर हिडेकाे भन्दै अध्यक्ष चाैधरीले खेलाडी उत्पादनका लागि विभिन्न विधामा विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्दै आएकाे तर्क राख्नुभयाे ।


त्यसैगरी गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले  प्रतियोगितालाई सफल बनाउन सबैले आ-आफ्नाे क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले खेल क्षेत्रबाट व्यक्तिकाे शारीरिक तथा मानसिक विकासमा सकारात्मक टेवा पुग्ने भन्दै  खेलाडिलाई आफ्नो क्षमता प्रदर्शन गर्दै जिल्लामा मात्र नभई राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमै पालिकालाई चिनाउन सुझाब दिनुभयाे ।
माघ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सरावल गाउँपालिका अन्तरगतका १६ विद्यालयबाट १८ वर्ष मुनिका करिब १ हजार विद्यार्थीकाे सहभागिता रहने छ ।
भने प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी तथा एथलेटिक्स अन्तरगत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, जेभलिङ थ्रो, सटफुट लगायतका ईभेन्टमा छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने खेलका अफिसियल मनोज चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम थापा, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।



Ads