ताजा अपडेटः

लिजामा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

लिजामा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा प्रकाशित मिति: ७ माघ २०८०, आईतवार १५:१७

श्याम थापा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(Lisa)को नतिजामा जिल्लाको सातौं स्थानमा आएको छ ।
जिल्लामा पिछडिएको स्थानीय तहका रुपमा लिइने सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(Lisa)को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पछि परेको छ ।
सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १.शासकीय प्रबन्धी सुचकको ९ पुणर्ाकंमा ७.५ अकंं प्राप्त २.संगठन तथा प्रशासन सुचकको ८ पुणर्ाकंमा ५.५ अकंं प्राप्त ३.बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुणर्ाकंमा ७.५ अकंं प्राप्त,४.बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुणर्ाकंमा ७.७५ अकं प्राप्त,५.सेवाप्रवाह सुचकको १६ पुणर्ाकंमा ९ अकं प्राप्त,६.न्यायिक कार्यसम्पादन सुचकको ७ पुणर्ाकंमा ५ अकंं प्राप्त,७.भौतिक पुर्वधार सुचकको १३ पुणर्ाकंमा ४.५ अकंं प्राप्त,८.समाजिक समावेशीकरण सुचकको १० पुणर्ाकंमा ४.७५ अकंं प्राप्त,९.वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९पुणर्ाकंमा ४ अकंं प्राप्त र १०.सहकार्य र समन्वय सुचकको ६ पुणर्ाकंमा १ अकंं गरि पालिकाले १०० को पुणर्ाकंमा ५६.५ अकंं मात्र प्राप्त गरेको छ ।
सुस्ता गाउँपालिकाको सुचकको सुचकलाई हेर्दा कमजोर सुचकमा सहकार्य र समन्वय देखिएको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।
यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को सुचकहरुमा अकंहरु कम आएमा पालिकाले संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।
जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७औं स्थानमा आएको हो ।
लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्दा जिल्लामै पहिलो स्थानमा प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुणर्ाकंमा ९०.२५ अकं प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अकं,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५.७५ अकं,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अकं,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अकं र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७.७५ अकं प्राप्त गरेको छ ।यद्यपि सुस्ता गाउँपालिकाको गत बर्षको लिजाको नतिजा ४४ अंक थियो भने अहिले ५६.५ अकं हेर्दा केही प्रगति गरेको देखिन्छ ।



Ads