ताजा अपडेटः

सुनवल ४ काे वडा कार्यालयद्वारा निस्सा वितरण कार्यक्रम सम्पन्न

कल्पना खरेल
सुनवल ४ काे वडा कार्यालयद्वारा निस्सा वितरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: January 17th, 2024

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ४ काे  वडा कार्यालय ले आज बुधबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । “सामाजिक सुरक्षा, सुशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरबासी हाम्रो प्रतिबद्धता ” भन्ने नारा सहित  वडा अध्यक्ष बालकृष्ण पंगेनीकाे अध्यक्षतामा उक्त निस्सा वितरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
विं.स २०७७/०७८ मा भरिएका फारमहरूबाट करिब ८ सय ४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई केही दिन लगाएर निस्सा वितरण गरिने वडा अध्यक्ष पंगेनीले बताउनुभयाे ।


साथै उहाँले सुनवल नगरपालिकाले प्राविधिक टाेलि खटाउन गइरहेकाे हुदा केहि दिनदेखि सुरू हुने नापी प्रकृया वडा नम्बर ४ बाटै गरिदिन भुमि आयाेगका अध्यक्ष देवराज भण्डारीलाई आग्रह समेत गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै लुम्बिनी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि खड्क बस्नेतले करिब ३५ वटा कित्ता बद्नियत पुर्ण तरिकाले दर्ता गरिएकाेले वडा नम्बर ४ काे नापी प्रकृयामा ढिलाई भएकाे भन्दै नापजाँचका क्रममा टाेलिलाई सहयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयाे ।
उता नगरप्रमुख विमला अर्यालले हिजाे हामीले मतकाे मात्र हाेइन मनकाे प्रतिनिधित्व गर्नेछाै भनेर खाएकाे कसममा प्रतिबद्ध छाै भन्दै सुनवल नगरपालिकाले जति सक्दाे छिटाे राताे पुर्जा वितरण गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयाे ।
साेहिक्रममा बाेल्दै राष्ट्रिय भुमिआयाेगका अध्यक्ष देवराज भण्डारीले खालि फारम मात्र बुझाउने काम भएकाेमा आज आएर सरकारले निस्सा वितरण गरेकाेमा बधाई दिदै निस्साकै अधारमा नापी सहित पुर्जा वितरण गरिने हुदा निस्सालाई सुरक्षित राख्न आग्रह गर्नुभयाे ।
यसैविच बाेल्दै सुनवल नगर उपप्रमुख सुर्यप्रसाद दुवेले राष्ट्रिय भुमिआयाेग सगँ समन्वय गरी सुनवल नगरपालिका भित्रका १३ वटै वडामा जति सक्दाे छिटाे पुर्जा वितरण गर्न स्थानीय सरकारले प्राविधिक टाेलि समेत खटाएकाे जानकारी दिनुभएकाे थियाे ।
भुमि आयाेग सुनवल नगर शाखा प्रमुख गणेश न्याैपाने संचालन तथा निवर्तमान वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर  गुरूङकाे स्वागत रहेकाे कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे भने  प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी , वडा सदस्यहरू सीता पाैडेल, लक्ष्मण श्रेष्ठ, तेज बहादुर गुरूङ, कुमिसरा वि.क लगायत स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।




Ads