ताजा अपडेटः

स्थापना दिवसमा साकाेसद्वारा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान

स्थापना दिवसमा साकाेसद्वारा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान प्रकाशित मिति: २ माघ २०८०, मंगलवार १७:४२

आरती राना,बर्दघाट । हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ । स्थापना दिवस कार्यक्रममा  ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले तोकेको मापदण्ड अनुसार सहुलिएत दरमा ऋण प्रदान गरीएको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।
त्यसैगरी सोही अवसरमा संस्थाका शाखा समिति सदस्य ईन्द्र जित चौधरी, बर्दघाट उद्योग वाणीज्य संघमा कोषाध्यक्ष पदमा निर्वातीच हुनु भएको र सल्लाहकार डिलकुमारी कुवंर जिल्ला वचत तथा ऋण सहकारी संघको सदस्यमा मनोनित भएकोमा दुबैलाई संस्थाले सम्मान गरेको थियो।
संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता  र निर्वतमान अध्यक्ष माया पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु बहादुर वरालले गर्नु भएको थियो ।
कार्यक्रममा संचालक समिति , लेखा समिति ,सल्लाहकार तथा विभिन्न उपसमितिका संयोजक एवं सदस्य र कर्मचारी लगाएतकाे उपस्थिती रहेको संस्थाका व्यस्थापक विष्णु बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।



Ads