ताजा अपडेटः

प्रतापपुर गाउँपालिकाको १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

प्रतापपुर गाउँपालिकाको १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न प्रकाशित मिति: १ माघ २०८०, सोमबार ०७:२४

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन आइतबार सम्पन्न गरेको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा,लुम्बिनी प्रदेशका गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेको प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को बिशेष अतिथ्यतामा पालिकाले १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएकाे हो ।
सभाको सदस्य एवं प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष मान कुमारी चौधरीले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन सभा तथा हिउँदे अधिवेशनमा पेस गरेकी थिइन र पालिका कि उपाध्यक्ष चौधरीले पेश गरेको कार्यक्रमको प्रगति प्रतिबेदन सभाले पास गरेको छ ।
सभाका सदस्य एवं पालिका कि उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन अनुसार हाल सम्म प्रतापपुर गाउँपालिकाको कार्यालयले स्वास्थ्य,शिक्षा तथा कृषि र पुर्वधार बिकास तर्फ पालिकाले एक किसिमको फड्को मारेको र अगामी दिनमा पनि अब यस बिषयमा पालिकाको टिम तिब्र रूपमा काम गर्न अघि बढनु पर्ने प्रतिबेदनमा उल्लेख छ ।
त्यसैगरी प्रतापपुर गाउँपालिका वार्ड न २ जगन्नाथपुर आधारभुत अस्पताल सेमरीमा सुत्केरी कुरुवा कक्ष निर्माण गरिएको,भौतिक पुर्वधार तर्फ १५ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरि सम्झौता भएको,६ वटा योजना बोलपत्र मार्फत ठेक्का सूचना प्रकाशित गरिएको र ३० वटा योजना सम्पन्न भइ भुक्तानी भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गरि स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन पालिकाले बार्षिक कार्ययोजना निर्माण गरि अघि बढेको र सामुदायिक बिधालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यार्थीको अनुपातमा पालिकाले शिक्षक भर्ना गरेको प्रतिबेदनमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी सभाले उपाध्यक्षसंग जेष्ठ नागरिक तथा अपाङ्गता भएको ब्यक्तिहरुलाई स्वास्थ्य सम्बन्धि घरदैलो कार्यक्रम निर्देशिका २०८० र एम्बुलेन्स सेवा संचालन सम्बन्धि कार्यबिधी २०८० गरि दुई वटा कार्यबिधी पास गरेको छ ।
सभामा पेश भएको यस आर्थिक बर्षमा हालसम्मको कार्य प्रगतिको क्षेत्रगत अनुसार हेर्ने हो भने आय तर्फ संघीय सरकारबाट १८ करोड १७ लाख ७५ हजार,प्रदेश सरकारबाट ९ करोड ६३ लाख ६ हजार २ सय, राजस्व बाडफाडबाट ३ करोड १० लाख ९० हजार ३९ रुपैया र आन्तरिक स्रोतबाट ९ करोड ४० लाख १७ हजार ८ सय १ रुपैया गरि कुल आय ३१ करोड ६५ लाख १९ हजार ९० रुपैया ४७ पैसा रहेको छ भने ब्यय तर्फ चालू खर्च तर्फ १५ करोड ७ लाख ४३ हजार ७ सय ८५ रुपैया १ पैसा र पुजीगत तर्फ कुल खर्च ६५ लाख ३ हजार २ सय २२ रुपैया ३५ पैसा खर्च सभामा सभाको सदस्य एवं पालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले पेश गरेको प्रतिबेदन सभाले पास गरेको छ ।



Ads