ताजा अपडेटः

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रयाप्त बजेट बिनियाेजन गर्न धान्याचल विद्यालयका अध्यक्ष सुर्य न्यौपाने आग्रह 

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रयाप्त बजेट बिनियाेजन गर्न धान्याचल विद्यालयका अध्यक्ष सुर्य न्यौपाने आग्रह  प्रकाशित मिति: २३ पुष २०८०, सोमबार २२:०५

कल्पना खरेल,नवलपरासी । सुनवल नगरपालिका भित्रका विद्यालयकाे सहभागीतामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड -२०८०, पुषकाे २७ गतेदेखि ध्यान्यान्चल माविमा हुने भएकाे छ ।
आज साेमबार पत्रकार सम्मेलकाे आयाेजना गरि सुनवल नगरपालिकाको आयोजना र  धन्यान्चल महायज्ञ माध्यमिक विद्यालय,सुनवल-१३, बडेराकाे समन्वयमा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता हुने जानकारी दिइएको थियाे ।
स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित विद्यार्थीकाे क्षमता प्रष्फुटन गराई सक्षम खेलाडी निर्माण गर्ने लक्ष्य सहित खेलकाे आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको थियाे ।
कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाकाे उपप्रमुख सुर्य प्रसाद दुवेले स्थानीय सरकार शिक्षा र स्वास्थलाई मुख्य लक्ष्य मानेर अगाडि बढेकाे भन्दै  स्वास्थ सगँ प्रत्येक्ष सम्बन्ध राख्ने खेलप्रति   आफुहरू गम्भीर रहेकाे धारणा राख्नुभयाे ।
उपप्रमुख दुवेले खेलकाे विकास ,विस्तार र स्तरउन्नतीका लागि नगरपालिकाले पटक-पटक बजेट विनियोजन गर्दै आएकाेले  राष्ट्रपति रनिङ शिल्डको लागि नगरपालिकाकाे विनियोजित ३ लाख रकम अपुग भए त्यसमा थप रू. २ लाख  गर्नुका साथै आवश्यक भौतिक सेवाहरु पनि उपलब्ध गराइने बताउनुभयो ।
साथै उहाँले खेललाई मर्यादित  र  अनुशासित तवरले भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि नगरबासीलाई आफ्नो -आफ्नाे क्षेत्रबाट सहयाेग गर्न समेत आग्रह गर्नुभयाे ।
त्यसैगरी सुनवल नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामेले कक्षा ८ देखि कक्षा १२ सम्म १८ बर्ष भन्दा कम उमेरका विद्यार्थीले मात्र खेलमा सहभागीता हुनसक्ने भएकाले यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयाेे । गाेतामेले खेलका लागि आवश्यक पर्ने अफिसियल टिम नगरभित्रबाटै प्रयाेग गर्न सके खर्चमा मिलव्ययी हुन सक्ने भन्दै खेलले नगरभित्रै अफिसियल टिम उत्पादन गर्नुपर्ने धारणा राख्नुभयाे ।
उता जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले सुनवल नगरपालिले नगरभित्रका खेलाडिलाई कुनैपनि प्राेत्साहन र संरक्षण गर्न नसकेकाे प्रति दुख व्यक्त गर्दै राष्ट्रिय स्तरकाे खेल खेल्न सक्ने बातावरण निर्माण गर्न स्थानिय सरकारलाई आग्रह गर्नुभयाे ।
अन्त्यमा कार्यक्रमलाई बिट मार्दै धान्याचल विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले नगरपालिकाले खेल र खेलाडीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सके मात्र सकारात्मक रिजल्ट आउन सक्ने विचार व्यक्त गर्नुभयाे । न्याैपानेले नगरपालिकाले खेलकुदमा प्रयाप्त बजेट बिनियोजन नगर्दा खेलाडीकाे  रूचिमा कमि आएकाे भन्दै जतिसक्दाे बजेट छुट्टाउन अनुराेध गर्नुभयाे ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट (कराते,तेक्वान्दो), हाइजम्म र लग्जम्प लगायतका खेलहरु हुनेछ भने सुनवल नगर भित्रका सामुदायिक तथा सस्थांगत  विद्यालय गरि २५ विद्यालय सामेल हुनेछ ।
विद्यालयका प्राचार्य ऋषिराम भण्डारीको स्वागत र शिक्षक राजाराम श्रेष्ठको संचालन रहेकोे कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता कृष्णप्रसाद बगाले,शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,प्याब्सन सुनवल अध्यक्ष कृष्ण प्रसाद शर्मा,विभिन्न विद्यालयका खेलकुद शिक्षक,धान्यान्चल माविका व्यवस्थापन तथा अभिभावक संघ समिति,स्थानीयबासी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।



Ads