ताजा अपडेटः

प्रतापपुरका जनप्रतिनिधि द्वारा उखु काट्ने हार्भेस्टर मेसिन अवलोकन

प्रतापपुरका जनप्रतिनिधि द्वारा उखु काट्ने हार्भेस्टर मेसिन अवलोकन प्रकाशित मिति: २२ पुष २०८०, आईतवार १४:४८

नवलपरासी ।  प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा गएकाे जनप्रतिनिधि,कर्मचारी र संचारकर्मीको टोलिले उखु काट्ने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरणको अवलोकन गरेको छ ।
उनिहरूले उखु काट्ने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरण छिमेकी राष्ट्र भारतको मध्यप्रदेश राज्यको खलघाट भन्ने ठाउँमा अवलोकन गरेका  हुन् ।


टाेलिले उखु काट्ने हार्भेस्टर मेसिन निर्माण गर्ने मध्य एक शक्तिमान नामक कम्पनीको अवलोकन र सो हार्भेस्टर मेसिनले उखु कटानी गर्दाको फाईदा र मेसिनलाई संचालन गर्ने क्रममा लाग्ने लागत खर्च र संचालन गर्ने विधि तरिका बारे शक्तिमान कम्पनीका बिक्री प्रबन्धक बिकास रघुबन्सीसंग छ्लफल गरेको थियो ।
शक्तिमान कम्पनीका बिक्री प्रबन्धक बिकास रघुबन्सीका अनुसार हार्भेस्टर मेसिनको प्रयोग गरि उखु किसानले उखु कटानी गर्दा उखुको कटानी एक बराबर हुने र भुइमा अनावश्यक उखु नोक्सान नहुने र ज्यालादारीका लागि कामदार खोज्न झनझट पनि नहुने हुदा किसानको उत्पादन लागतमा करिब ५०% प्रतिशत रकम बचत हुने उहाँले बताउनुभयो ।
भ्रमण टोलिले हार्भेस्टर मेसिनले के कसरी उखु बाली कटानी गरेको छ भनेर मेसिनको कटाई हेर्नको लागि मध्यप्रदेश एक खलघाट शहरको गाउँमा गरिएको उखु खेतीमा गएर प्रत्यक्ष रूपमा अवलोकन गरेको हो ।
सो अवसरमा टोलीले मध्यप्रदेशको कसरबादमा सहकारीले संस्थाले संचालनमा ल्याएको जवाहरलाल नेहरु सहकारी चिनी मिलको पनि अवलोकन गरेको छ । हार्भेस्टर मेसिनबाट कटान भएको उखुलाई मिलले सहज रूपमा स्वीकार गरेर उखु क्रसिङ्ग गरिरहेको जवाहरलाल नेहरु सहकारी मिलका कार्यालय प्रमुख आर के बर्माले भ्रमण टोलिलाई जानकारी गराए ।



Ads