ताजा अपडेटः

अभिभावकले बालबालिकालाई संस्कार सिकाउनु जरुरी छ” – संविधान सभा सदस्य बौडेल

अभिभावकले बालबालिकालाई संस्कार सिकाउनु जरुरी छ” – संविधान सभा सदस्य बौडेल प्रकाशित मिति: २१ पुष २०८०, शनिबार ०८:२८

प्रकाश न्यौपाने, नवलपरासी । देशमा संविधान जारी भएकोले ब्यवस्था परिवर्तन भएको बताउदै अव अवस्था परिवर्तन गर्न जरुरी रहेको संविधान ,सभा सदस्य एव नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य सीता बौडेलले बताउनु भयो । २०७२ सालमा नेपालको संविधान जारी भएपछि ब्यवस्था परिवर्तन भएको र अहिलेको ब्यवस्थाले कानुनी रुपमा छोरा र छोरीलाई समान रुपमा हेरेको चर्चा गर्दै उहाले कानुनमा समानता भएपनि ब्यवहारमा समान नभएको जिकिर गर्नु भयो ।

देशमा राष्ट्रपति, उप-सभामुखजस्ता उच्चस्तरीय पदको जिम्मेवारी महिलाले निर्वाह गरेको बताउदै उहाले छोरीले चाहे राष्ट्रको नेतृत्व गर्न सक्ने बताउनु भयो ।
विद्यार्थीको पहिलो पठाशाला घर भएको र घरबाट नै सस्कार सिकाउने जरुरी रहेको आवश्यकता औल्याउँदै उहाले अहिलेको शिक्षाले सस्कार सिकाउन नसकेको बताउनु भयो । बर्दघाट ०९ राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयलाई सम्बोधन गर्दै बौडेलले परिवारबाट सस्कार सिकाउन नसक्दा बच्चा कुलतमा फस्ने भन्दै उहाले बुवा आमाले बच्चालाई राम्रो सस्कार दिनु पर्ने बताउनु भयो । अभिभावकले समय दिनु भएन भने पारिवारिक माया नपाएको बच्चा धेरै बिग्रेएको बताउनु भयो । बच्चाको कला र सीप अभिभावकहरुलाई देखाउन नपाउदा बच्चाहरुमा मनोबैज्ञानिक असर पर्ने बौडेलको भनाइ छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक सरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताउनु भयो । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु जीवन शर्मा र शर्मिला अर्यालले र बिद्यालयका छात्र छात्राले गित संगीतको प्रस्तुति रहेको थियो ।कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक छबिलाल आचार्य र शुक्रवार भट्टराईले गर्नु भएको थियो।



Ads