ताजा अपडेटः

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले लिए शपथ प्रकाशित मिति: ८ पुष २०८०, आईतवार १७:४५

 

काठमाण्डौ – लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज  प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सरोज थापालाई शपथ गराउनुभएको हो ।केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो शनिवार केसी र थापालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
लुम्बिनीमा सरकार गठन भएको आठ महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । योसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।स्रोतःउज्यालो



Ads