कल्पना खरेल,नवलपरासी । रामनगर बहुउद्धेश्यीय सहकारी संस्था लि. सुनवल-१२, भुमही पश्चिम नवलपरासीको १६ औं वार्षिक साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न भएकाे छ ।
उक्त वार्षिक साधारण सभा तथा अधिवेशन आज सनिवार संस्थाकाे अध्यक्ष सरस्वती सुवेदीको अध्यक्षता तथा कार्यपालिका सदस्य एवम् सामाजिक विकाश शाखा संयाेजक भगवती बस्याल भण्डारीकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे हाे ।
शेयर सदस्य मानुभावहरू बचत गराै सुखले बाचाै भन्ने मुल नारासहित २०६५ चैत्र १२ मा स्थापना भएकाे सहकारी संस्थामा हाल ६१५ महिला शेयर सदस्य रहेका छन् ।
जसकाे कुल शेयर पुजीँ २० लाख ८९ हजार ४ सय ७९ ,निक्षेप रकम ३ कराेड १६ लाख २५ हजार ४ सय ४९ रहेकाे छ भने हालसम्म ३ कराेड ५७ लाख ३९ हजार ८ रूपैयाकाे आर्थिक काराेबार रहेकाे छ ।
त्यस्तै संस्थाकाे कुल आम्दानी २२ लाख ७६ हजार ५ सय ४१ रहेकाेमा शुद्व नाफा १५ लाख ६५ हजार ८ सय १५ रहेकाे छ ।
कार्यक्रममा संस्थाको अध्यक्ष सरस्वती सुवेदीले अध्यक्षकाे प्रतिवेदन , लेखा संयाेजक गंगा भण्डारी न्याैपानेले लेखा समितिको प्रतिवेदन ,सचिव हेमा पाण्डेले सचिवकाे प्रतिवेदन र काेषाध्यक्ष अस्मिता पाैडेलले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
आफ्नाे शेयर सदस्यलाई धिताेमा रू ६ लाख सम्म ऋण प्रभाह गर्दै आएकाे यस सहकारीले रू. १ लाख सम्मकाे दुर्घटना बिमा गर्ने तयारी गरेकाे छ ।
साथै आज सम्पन्न अधिवेशनले लक्ष्मी ढकालकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा हेमा पाण्डे, सचिवमाअस्मिता पाैडेल, सहसचिवमा मन्जु बस्याल, काेषाध्यक्षमा शान्ता बस्याल चयन हुनुभएकाे छ भने सदस्यहरूमा भगवती खड्का,तुलसा न्याैपाने ,सुनकेसी चाैधरी ,
सिमा खड्का लगायत रहनुभएकाे छ । त्यसैगरी गंगा न्यापानेकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएकाे छ ।
सचिव हेमा पाण्डेकाे संचालन र निवर्तमान उपाध्यक्ष लक्ष्मी ढकालकाे स्वागत रहेकाे कार्यक्रममा सल्लाहकार डाेलराज न्याैपाने, सुनवल नगरपालिका महिला विकाश प्रमुख केशरी गैरे ,महिला कल्याण केन्द्रकि अध्यक्ष भगवती भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।