ताजा अपडेटः

दोस्रो स्मृति कप  फुटवल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमीफ़ाइनलमा जेनिथ युवा क्लव  विजयी

दोस्रो स्मृति कप  फुटवल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमीफ़ाइनलमा जेनिथ युवा क्लव  विजयी प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार २१:१२

कल्पना खरेल,नवलपरासी ।  दोस्रो स्मृति कप खुला नकआउट पुरूष फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज भएको अन्तिम सेमीफ़ाइनल  खेलमामा जेनिथ युवा क्लव किर्तिपुर १ विजयी भएकाे छ ।
सुनवल -३, किर्तिपुर -२, खेलमैदानमा जारी उक्त खेलमा किर्तिपुर सनराइज़ युवा क्लब बडेरालाई  पेनाल्टि सुटआउटमा हराउदै  जेनिथ युवा क्लव विजयी भएकाे हाे ।


खेल अवधीभर दुवै टिमले कुनैपनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे । आजको खेलमा जेनिथ युवा क्लवका जर्सी नं १ का गोल रक्षक सैलेश ठकुरी म्यान अफ द म्याच घाेषित भएका छन् ।
किर्तिपुर युवा क्लबद्वारा आयाेजित उक्त खेलकाे फाइनल खेल यहि मंसिर ३० गते सनिवार जेनिथ युवा क्लव किर्तिपुर Vs माकर युवा क्लब बर्दघाट विच अपराह्न १ बजे हुने आयाेजक टिमले जनाएकाे छ ।



Ads