 कल्पना खरेल
 कल्पना खरेल  प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार २२:०८
                   प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार २२:०८                   कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० 9-A Side खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा   सनसाइन यूवा क्लब सुनवल -१३ बडेरा विजयी भएकाे छ ।
पश्चिम नवलपरासीको  किर्तिपुर-२ खेल मैदानमा भएकाे खेलमा नदुवा युवा क्लब सुनवल -३ लाई पेनाल्टी सुटआउटमा हराउदै सनसाइन यूवा क्लब  विजयी भएकाे हाे ।

खेल अबधिभर निकैनै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरका दुवै टिमले निर्धारित समयसम्म १/१ काे बराबर गाेल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।
आजको खेलमा सनसाइन यूवा क्लबका जर्सि नम्बर ८ का खेलाडी नर बहादुर थापा म्यान अफ द म्याच घाेषित भएका छन् ।
भोली को खेल 7 स्टार F एफ सि Vs लुम्बिनी मावि सुनवल विच कडा प्रतिस्पर्धा हुने आयाेजक समितिले जनाएकाे छ ।
किर्तिपुर यूवा क्लब द्वारा आयाेजित उक्त फुटवल  खेलकाे फाइनल यहि मंसिर ३० गते हुनेछ ।
