ताजा अपडेटः

सुनवल नगरपालिकाले सुनवल सामुदायिक सिकाइ केन्द्रमा मनायाे ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

कल्पना खरेल
सुनवल नगरपालिकाले सुनवल सामुदायिक सिकाइ केन्द्रमा मनायाे ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस प्रकाशित मिति: December 4th, 2023

कल्पना खरेल,नवलपरासी । ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारि नगर स्तरीय अपाङ्ग समन्वय समिति सुनवलको आयोजनामा विभिन्न कार्यक्रमकाे गरी सुनवल सामुदायिक  सिकाइ केन्द्र सोमनाथमा मनाइएकाे छ ।
अपाङ्ग नगर स्तरीय समन्वय समितिका अध्यक्ष डिलाराम तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनवल नगरभित्र रहेका १३ वटै वडामा अपाङ्गको क्षेत्रमा काम गर्ने व्यक्तितब  र अपाङ्ग भएका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


अपांग दिवसलाई लक्षित गरेर लेप्रोसिक मिसन नेपालको परियोजनाको  सहयोगमा तु कुर्ची,बैसाखी, छडि, लगाएत सामाग्री प्रदान गरिनुकाे साथै अन्तर्किर्या तथा खुला चित्रकला प्रतियोगिताकाे आयाेजना गरिएकाे थियाे ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले अपाङ्गता भएका ब्याक्तिहरुको लागि नगरपालिकाले विभिन्न कार्ययोजना बनाएर अगाडि बढेकाे धारणा राख्नुभयाे । साथै उहाँले आगामी दिनहरुमा थप सहयोगका साथ हातेमालो गरेर अगाडि बढ्ने  प्रतिबद्धता व्यक्त गर्दै सामुदायिक बिकास केन्द्र, इन्द्रेणी सामाजिक बिकास मंच र लेप्रोसिक मिसन नेपाल इम्पेक्ट परियोजनालाई विशेष धन्यवाद दिनुभयाे ।


अपाङ्ग नगर स्तरीय समन्वय समितिको उपाध्यक्ष पेमा न्यौपानेकाे स्वागत र सचिब दिपक पौडेललेकाे संचालन रहेकाे कार्यक्रममा नगर प्रबक्ता कृष्ण प्रसाद बगाले, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा,वडा नम्बर ५ का अध्यक्ष नेत्रलाल तिवारी, वडा नम् ६ का अध्यक्ष हिमलाल शर्मा, कार्यपालिका सदस्य भगवती बस्याल, सीता भण्डारी,बिनोद टोमोता लेप्रोसिक मिसन संयोजक बिष्णु धुङ्गाना,सन्जय श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएकाे वठा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ!




Ads