ताजा अपडेटः

दियालो कृषि सहकारी संस्थाको ११ औ बार्षिक साधरण सभा  सम्पन्न

दियालो कृषि सहकारी संस्थाको ११ औ बार्षिक साधरण सभा  सम्पन्न प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार ०६:५३

नवलपरासी । दियालो कृषि सहकारी संस्थाको ११ औ बार्षिक साधरण सभा सनिवार सुनवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नर बहादुर खडकाको अध्यक्षतामा तथा सुनवल नगरपालिकाकाे नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएकाे हाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष नर बहादुर खडकाले आर्थिक बर्ष ०७९/०८०  काे प्रगती प्रतिबेदन र आर्थिक बर्ष ०८०/०८१को कार्यनीति प्रतिबेदन  प्रस्तुत गर्नु भएको थियो । भने कोषाध्यक्ष सोभा कुमारी थापा मगरले संस्थाको आम्दानी र खर्चको आर्थिक प्रतिबेदन र संस्थाको आर्थिक लेखाको प्रतिबेदन लेखा संयोजकले प्रस्तुत गर्नुभएको थियो ।
उक्त ११ औ साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख अर्यालले देशको मेरुदण्ड रहेकाे भन्द‌ै सुनवल नगरपालिकाले कृषकहरुलाई विभिन्न शीर्षकमा विउबिजन अनुदान वितरण गरेको बताउनुभयो । अर्यालले तीन तह सरकार (केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले) कृषिमा गरेको लगानी अझपनि अप्रयाप्त भएको भन्दै आगामी दिनमा कृषिप्रती लगानी बढाउनुपर्ने अवस्था रहेकाे धारणा राख्नुभयाे ।
कार्यक्रममा वडा नम्बर १ का वदा अध्यक्ष मन बहादुर थापा मगर, ३ वडा अध्यक्ष पबिन गुरुङ्ग, पशु-पन्छी बिकास सुनवल नगर अध्यक्ष मोहन कार्की, कृर्षि नगरस्तरीय अध्यक्ष बद्रीनाथ श्रेष्ठ, निबर्तमान सदस्य रन बहादुर पुन,बिमल ढकाल लगाएतले मन्तव्य दिनुभएको थियो ।
उक्त साधरण सभामा सस्थामा सफल कृषक र अन्य कार्यमा योगदान गर्नुहुने ५ जनालाई कदर पत्र द्वारा सम्मान गरिएको वडा अध्यक्ष थापा मगरले जान्कारी दिनुभयो । कार्यक्रमको संचालन समितिका सचिब मन बहादुर थापा ( दिपक ) ले गर्नुभएको थियो ।



Ads