नवलपरासी,मंसिर १३ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ धनगढवामा आज उपाध्यक्ष कप कपर्दी प्रतियोगिता” स्वास्थ्य,शिक्षा,कृषि र पुर्वधार समृद्ध सरावलकाे आधार भन्ने ” मुल नाराका साथ सुरु भएकाे छ । सरावल गाउँपालिकाकाे आयाेजना तथा जय बजरंग युवा क्लब सरावल ५ धनगढवाकाे स्थानीय क्लबकाे सहयाेगमा आयाेजित गाउँले स्तरिय कपर्दी प्रतियोगिता तथा पालिका स्तरिय खेलाडी छनाैट प्रतियोगितामा २७ वटा टिमहरु दर्ता भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५१०००/- नगद सहित मेडल र कप,द्वितीय हुने टिमलाई रु ३१०००/- नगद सहित मेडल र कप,तृतीय हुने टिमलाई रु २१०००/- नगद सहित मेडल र कप र सान्त्वना हासिल गर्ने टिमलाई रु ५०००/- नगद सहित मेडल र कप प्रदान गरिने सरावल गाउँपालिका प्रवक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादवले जानकारी दिनुभयाे ।
सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगाैती यादव ( रुदल )ले प्रमुख आतिथ्यता रहेकाे उक्त प्रतियोगितामा बाेल्दै यादवले सहयाेग आवश्यक भए आफू खेलाडीहरूका लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । साथै यादवले सरावलका खेलाडीहरुले जिल्ला देखि प्रदेश सम्म हरेक खेलामा अगाडि रहेकाे धारणा राख्नुभयाे ।
वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानीकाे स्वागत र गाेपी चन्द्र हरिजनकाे संचालन रहेकाे कपर्दी प्रतियोगितामा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चाैधरी,पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा,राजनीतिक दलहरुकाे तर्फ बाट जनमत पार्टीका शैलेस चाैधरी,सम्पूर्ण वडा अध्यक्षहरुकाे तर्फबाट वडा नं ५ लक्ष्मण चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।