ताजा अपडेटः

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार ११:४७

काठमाण्डौ – सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौ आएका छन् । उनीहरुले प्रहरी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ ।
प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरुलाई काम गर्न अप्ठेरो परेको भन्दै सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबारमा दिउँसो २ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, दिउँसो साढे तीन बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारको गुनासो रहेको छ।स्रोतःउज्यालो



Ads