ताजा अपडेटः

काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटियो, महानगरले १ लाख रुपैयाँ जरिबाना तिरायो

काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटियो, महानगरले १ लाख रुपैयाँ जरिबाना तिरायो प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार १७:०९

काठमाण्डौ – सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।
गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो । आज सोमवार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।
महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला-बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।स्रोतःउज्यालो



Ads