ताजा अपडेटः

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार १७:३७

नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ । नवलपरासीका थारु अगुवा समुदायसंग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले थारु समुदायको जाजय माग पुरा गर्न राज्य लाग्नुपर्ने बताउनुभयो । “यहाँ तपाईहरुले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु ।”

थारु समुदायको उत्थान र उनिहरुको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भन्नुभयो, ” मैले उहाँहरुले उठाउनुभएका विषय सम्बोधनका लागि संसद र सरोकारवाला निकायमा गम्भीर रुपमा उठान गर्नेछु । तपाईंहरुसङ्गै म पनि अगाडि बढ्नेछु ।”