ताजा अपडेटः

टिककट चल्न नदिने सरकारकाे निर्णय सगै  समर्थन  र  विराेधमा समाजिक संजाल तात्याे

कल्पना खरेल
टिककट चल्न नदिने सरकारकाे निर्णय सगै  समर्थन  र  विराेधमा समाजिक संजाल तात्याे प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार २१:०५

कल्पना खरेल,नवलपरासी । टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढेकाे भन्दै सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।  यसरी  टिकटक बन्द गर्ने सरकारकाे घाेषणा सगैँ यसकाे समर्थन र विराेधमा यतिबेला सामाजिक संजाल तातेकाे छ । कतिपय  टिकटक प्रयाेगकर्ताले सरकारकाे निर्णयलाई समर्थन जनाउदै,समाजलाई विकृति र अपराधकाे पराकाष्ठाबाट जाेगाउन सरकारकाे कदम न्यायाेचित रहेकाे बताइरहेका छन् भने केही टिकटक प्रयाेगकर्ताले व्यस्त समयमा टिकटकले केहि  सेकेन्डकै भिडियोबाट थुप्रै ज्ञान प्रदान गरेको भन्दै  नियमन/नियन्त्रण गर्नेबाट पछि हटेर टिकटक बन्द गर्नु सरकारको गलत निर्णय भएकाे भनि खण्डन पनि गरिरहेका छन् ।
टिकटककाे पनि राम्रो नराम्रो दुवै पाटाे छ । टिकटक बाटै नयाँ प्रतिभाले अवसर पाएकाेअवस्था  छ, ज्ञान र सिख सहजै र सरल तरिकाले बुझ्न पाएका छन् । विश्व भुगाेल ज्ञान घरै बसिबसि नियाल्न पाइएकाे छ , कतिले घर बास  पनिजाेडेका छन् । त्यसैगरी कतिले परपुरूष र परस्त्री सगँ फसेर घरबार बिगारे, सामाजिक सद्भाव बिथोलिने गरी अभिव्यक्ति दिए, लाइभमा बसी गिफ्टकाे लाेभमा अंगप्रदर्शन गरे,कतिकाे घरबार विग्रियाे कति झुन्डिएर मर्न बाध्य भए ।  पछिल्लो पटक आएर मानिसलाई हाँस्न, रमाउन र भुल्न गतिलाे माध्यम बनेकाे थियाे टिकटक भने कतिकाे क्रियाशिलता र क्षमतालाई भुलाएर यसमै रम्ने नशा जस्ताे पनि बनाएकाे थियाे ।  त्यसैले टिकटक यतिबेला प्रयाेग गर्न जान्नेकाे लागि  सिख बन्याे भने नजान्नेका लागि घातक विख पनि बन्याे  ।

टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,नेकपा एमालेका महासचिव शंकर पाेखरेल,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगाएतले आपत्ति जनाएका छन् । तर टिकटकलाई प्रतिबन्द लगाउने देश नेपाल मात्र भने हाेइन ।अमेरिका, क्यानाडा, भारत, अष्ट्रेलिया, डेनमार्क, ताइवान, फ्रान्स, न्यूजिल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, नर्वे लगायतका धेरै देशमा टिकटक कतै आंशिक र कतै पूर्णरुपमा प्रतिबन्ध गरिएको छ ।




Ads