ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा, “वडा अध्यक्ष पुरूष भलिबल कप २०८०” मंशिर ७ गतेबाट शुरू हुँदै

पश्चिम नवलपरासीको सुनवलमा, “वडा अध्यक्ष पुरूष भलिबल कप २०८०” मंशिर ७ गतेबाट शुरू हुँदै प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार २०:४४

कल्पना खरेल, नवलपरासी ।”दोश्रो वडा अध्यक्ष पुरूष भलिबल कप – २०८० ” यहीँ मंशिर ७ गते देखि १० गतेसम्म पश्चिम नवलपरासीकाे सुनवल-१ मा हुने भएकाे छ ।  “स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद” भन्ने नारा सहित दोश्रो वडा अध्यक्ष युवा भलिबल कप समितिले शुभ दिपावली, छठ तथा नेपाल सम्वतकाे अवसर पारि उक्त भलिबल प्रतियोगिताको आयाेजना गरेकाे हाे ।
समितिले एक सूचना जारी गरि  मंसिर ६ र ७ गते उक्त वडा अध्यक्ष पुरूष भलिबल कप – २०८० ”  मा सहभागी  हुन चाहने टिमले रू.१५ सय शुल्क तिरेर दर्ता गर्न सक्ने जनाएकाे छ ।
उक्त खेलमा प्रथम,द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमशः २५ हजार, १५ हजार , ८ हजार र ५ हजार सगँ ट्रफि, मेडल र प्रमाण-पत्र समेत वितरण गरिने छ ।
साथै खेलमा विदागत तर्फ, बेष्ट डिफेन्डर, बेष्ट ब्लकर, अनुशासित खेलाडी र बेष्ट कोचलाई कप,मेडल र प्रमाण पत्रकाे समेत व्यवस्था गरिएकाे आयाेजक टिमले जनाएकाे छ ।
त्यसैगरी अग्रज खेलाडीको सम्मान र खेललाई थप आकर्षणका लागि वडा स्तरीय भेट्रान्स भलिबल खेल राखिनुकाे साथै  फाइनलमा स्थानीय कलाकारबाट विविध साँस्कृतिक कार्यक्रमको समेत व्यवस्था मिलाइएको छ ।