कल्पना खरेल 
                   प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार १०:२६                   
नवलपरासी । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि सरावल गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।सोमबार बसेको कार्यपालिका बैठकले रु २ लाख सहयोग गरिने निर्णय भएकाे पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।
बैठकमा पालिकाको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने छलफल भएको थियाे । सरावल गाउँपालिकाले  पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि सबैलाई सहयोगका लागि आह्वान  समेत गरेकाे छ ।