ताजा अपडेटः

हमासकाे आक्रमणमा परेर ज्यान गुमाएकामध्ये थप ३ जना नेपालीकाे शव पहिचान

हमासकाे आक्रमणमा परेर ज्यान गुमाएकामध्ये थप ३ जना नेपालीकाे शव पहिचान प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार २०:१५

काठमाण्डाै । इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ । ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ ।

आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना ‘डिस्चार्ज’ भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ । स्राेत:-उज्यालो



Ads