ताजा अपडेटः

चितवनमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

चितवनमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार ११:२१

चितवन – चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । गए राति खैरहनी नगरपालिका-१ बहेरा चोकको पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ का २३ वर्षीय आनन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।स्रोतःउज्यालो



Ads