ताजा अपडेटः

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका युवकको शव फेला

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका युवकको शव फेला प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार १६:१९

रुपन्देही – दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा अस्ति मङ्गलवार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई- १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको ज्यान गएको थियो ।
त्यस ठाउँका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादशैँका दिन ती युवा नदी किनारमा पुगेका थिए । खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो । स्रोतःउज्यालो



Ads