ताजा अपडेटः

विद्यार्थीलाई बाढ्याे खुत्रुके :- द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल

विद्यार्थीलाई बाढ्याे खुत्रुके :- द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार १८:४३

कल्पना खरेल,नवलपरासी । द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल -१, पश्चिम नवलपरासीले बचत गर्न सिकाेै भन्दै विद्यार्थीलाई खुत्रुके अर्थात भुड्की वितरण गरेकाे छ । आज बिहीबार स्कुलले एक कार्यक्रमकाे आयाेजना गरी नेपालीहरूकाे महान पर्व विजया दशमीलाई लक्षित गर्दै विद्यार्थीलाई टीका र जमरा लगाउदै खुत्रुके अर्थात भुड्कि वितरण गरेकाे हाे ।
आफन्तबाट टीका जमरा सगै पाएकाे दक्षिणालाई खर्च हाेइन मितव्ययी ढङ्गले बचत गर्ने बानीकाे विकास गर्ने लक्ष्य सहित विद्यार्थीलाई खुत्रुके अर्थात भुड्की वितरण गरीएकाे विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले बताउनुभएकाे छ ।
उहाँले हरेक धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन सगैं पुस्ता हस्तान्तरण आवश्यक रहेकाे भन्दै विद्यार्थीहरुलाई चाडपर्व र त्यसको धार्मिक महत्त्वका बारेमा जानकारी दिइएकाे टिप्पणी गर्नुभयाे ।
प्रविधिको तिब्र विकास र विस्तार सगै नेपालीहरूले आफ्नाे माैलिकतालाई विस्तारै भुल्दै गएकाे बेला, द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले चाडपर्वलाई सभ्य, भब्य र मर्यादित बनाउन , विद्यार्थीलाई राताे टीका र पहेँलो जमराकाे साथमा खुत्रुके वितरण गरेकाे हाे ।

 



Ads