ताजा अपडेटः

झरही खाेलामा बाध बाधेर ढुंगा संचालन गर्ने नवलपरासी ओैधाेगिक व्यापार मेला २०८० काे नयाँ याेजना

झरही खाेलामा बाध बाधेर ढुंगा संचालन गर्ने नवलपरासी ओैधाेगिक व्यापार मेला २०८० काे नयाँ याेजना प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार २३:२६

कल्पना खरेल,नवलपरासी । साेमवार पत्रकार सम्मेलनकाे आयाेजना गरि नवलपरासी उद्योग वाणिज्य संघले झरही खाेलामा बाध बाधेर ढुंगा संचालन गर्ने नयाँ याेजना रहेकाे बताएकाे छ । यहि मंंसिर ५ गतेदेखि १७ गतेसम्म संचालन हुने नवलपरासी ओैधाेगिक व्यापार मेला २०८० मा झरही खाेलामा बाध बाधेर ढुंगा संचालन गर्ने नयाँ याेजना रहेकाे बताइएकाे हाे ।
मेलाले जिल्लालाई कृषि पर्यटन एव औद्योगिक जिल्लाको रूपमा परिचित गराउदै यस क्षेत्रकाे धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र जैवीक विविधताको संरक्षण तथा प्रचार प्रसार गरी समग्र आर्थिक तथा समाजिक क्षेत्रको विकास गराउने मुख्य लक्ष्य रहेकाे आयाेजक समितिले जनाएकाे छ ।
साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय बजार सम्म औद्योगिक लघु उद्यम तथा कृषिजन्य उत्पादनहरुको बजार विस्तार गरी उपभोक्ता वर्गलाई मुलुक भित्रै किनमेल गर्ने बानीको विकास गराउने समेत मेलाकाे उदेश्य रहेकाे छ ।
रामग्राम १२ शान्तिचाैर,कसियामा लाग्ने मेलामा २ लाख दर्शकले  मेला अबलोकन गर्ने र ५ कराेड भन्दा बढिकाे आर्थिक काराेवार हुने अनुमान गरिएकाे छ ।  मेलामा विद्युत, खानेपानी तथा शाैचालय, टेलिफोन,फ्याक्स र ईन्टरनेट ,प्राथमिक उपचार तथा एम्बुलेन्स सेवा,शान्ति सुरक्षा,मेला अवधिभर विमाकाे सुविधा ,पर्याप्त पार्किङकाे सुविधा लगायतको प्रवन्ध मिलाइने नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभएकाे छ ।
मेलालाई आकर्षण गराउन करिव २ सय स्टलमा विभिन्न प्रदर्शनी तथा विक्री कक्ष,  सांगीतिक तथा साँस्कृतिक कार्यक्रम, विभिन्न आकर्षक खेल सहित बाल उद्यान समेतकाे व्यवस्था गरिने छ ।
भने प्रदर्शन हुने वस्तु तथा सेवामा तयारी पाेशाक तथा हस्तकलाका सामाग्रीहरू, लघु, घरेलु तथा स-साना उद्यमीद्वारा उत्पादित विविध वस्तुहरू,घरायसी उपभाेगका सामानहरू, फर्निचर , खाद्य पदार्थ लगाएतकाे वस्तुहरू राखिने छन् ।
त्यसैगरी मेला व्यवस्थापनका लागि विभिन्न समिति ,उपसमिति गठन गरि कार्य विभाजन समेत गरिएको छ।   मेलामा विद्यार्थिलाई ५० र अन्यलाई ७० रुपैयाँ टिकटदर कायम गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

साेहि क्रममा बोल्दै प्रदेशसभा सदस्य वैजनाथ कलवारले मेला नाफामुखि भन्दा प्रचारमुखि हुनुपर्ने भन्दै भगवान गाैतमबुद्वकाे अष्टधातु रहेकाे ठाउँ ,अनुमाघाट,पण्डितपुर,रामग्राम स्तुपाकाे बारेमा विश्वलाई चिनाउनुपर्ने धारणा राख्नुभयाे । साथै उहाँले उद्योग प्रवर्द्धन सगै पर्यटनलाई जाेडेर अगाडि बढ्न सुझाव दिनुभयाे ।

प्रदेशसभा सदस्य कलवारले अब महेसपुर नाका हुदै परासी, सुनवल, महलपोखरी देखि पाल्पासम्मको सडक विस्तार भए मात्र व्यापारीक विकासले गति लिने व्यक्त समेत गर्नुभयाे । संघकाे सचिव सचिव तारा आचार्यको संचालन रहेकाे  पत्रकार सम्मेलनमाउद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा,  लगाएतले बोल्नुभएकाे थियाे ।



Ads