ताजा अपडेटः

ईलाका प्रहरी कार्यालय महेशपुरले समायाे १२ लाख भन्दा बढिकाे भन्सार छलिका कपडाहरू

ईलाका प्रहरी कार्यालय महेशपुरले समायाे १२ लाख भन्दा बढिकाे भन्सार छलिका कपडाहरू प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार ११:३५

कल्पना खरेल,नवलपरासी । आज  पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा अबैध रुपमा भन्सार छलि ल्याइएका कपडा बरामद गरिएकाे छ । बिहान अन्दाजी ५ बजे बिभिन्न प्रकारका कपडाहरु पैदल मार्गबाट टाउकोमा बोकी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले करिब १२ लाख ७० हजार ४ सय बराबरकाे अबैध कपडाहरू बरामद गरेकाे हाे ।


बरामद गरिएकाे कपडाहरूमा थान कपडा, जयपुरी साडी, जयपुरी सुट, रेडिमेट बलाउज, जेन्स कुर्ती, लेडिज सुट र रेडिमेट टप्स लगायत रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
प्रहरीलाई देखेपछि मानिसहरू  कपडाहरू सोहि स्थानमा फाली भागेका थिए ।  नियन्त्रणमा लिईएका कपडाहरूलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेकाे समेत डिएसपी बाेहराले बताउनुभयाे । कसले ल्यायाे भन्ने विषयमा  थप अनुसन्धान कार्य भैरहेको छ ।



Ads