ताजा अपडेटः

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.ले क्षेत्रगत साधारणसभा आज सुनवल ७ अस्नैयामा मनायाे

लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.ले क्षेत्रगत साधारणसभा आज सुनवल ७ अस्नैयामा मनायाे प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार २१:५३

कल्पना खरेल, नवलपरासी । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.काे २६ ओै वार्षिक साधारणसभालाई क्षेत्रगत साधारणसभाका रूपमा  आज सुनवल ७ अस्नैयामा मनाईएकाे  छ ।  संस्थाका अध्यक्ष लेखनाथ खरेलकाे अध्यक्षता तथा  जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष  विष्णुप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त साधारण सभामा सुनवल-७ र ८ का सेयर सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।
साधारणसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि विष्णुप्रसाद पाैडेलले उत्पादन  क्षेत्रमा पुजी लगानी गर्न आग्रह गर्नुभयाे । उहाँले कृषककाे पहिचान गरि उत्पादित कृषकलाई  कर्जा प्रभाह गर्दै जिविकाेपार्जना टेवा पुर्याउनु सहकारिकाे दायित्व भएकाे उल्लेख गर्नुभयाे ।  साथै प्रमुख अतिथि  विष्णुप्रसाद पाैडेलले स्थानीय जनताकाे  जिवनस्तर सुधार गरि  आर्थिक विकासमा टेवा पुर्याउदै स्थानीय सरकारले गर्ने काम गर्दै आएपनि सहकारीलाई स्थानीय सरकारले  बहिस्कार गरेकाे आराेप लगाउनुभयाे ।
साेहि क्रममा बाेल्दै विशिष्ट अतिथि संस्थापक अध्यक्ष , बर्तमान सल्लाहकार एवम् सामाजिक व्यक्तित्व चण्डिप्रसाद पाण्डेले सहकारीले सेयर सदस्यमा बचत गर्ने बानीकाे विकास गरि  सुखि भविष्य सुनिश्चित गर्ने काम गरेकाे धारणा राख्नुभयाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ खरेलले अध्यक्षकाे प्रतिवेदन ,सचिव तारा आचार्यले सचिवकाे प्रतिवेदन ,काेषाध्यक्ष लालुप्रसाद पाैडेलले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । जसमा  २०७९/०८० मा  संस्थाकाे १ अर्व २ कराेड ६६ लाख ७१ हजार ९ सय ८ बराबरकाे कूल सम्पत्ति ,१० कराेड ६६ लाख ७५ हजार ८ सय बराबरकाे शेयर पूँजी ,७९ कराेड ११ लाख ३६ हजार ९ सय २८ बराबरकाे  बचत रहेकाे छ भने संस्थाले ३ कराेड ६२ लाख ४८ हजार ९ सय १२ मुनाफा गरेकाे छ ।
संस्थाकाे सचिव तारा आचार्यकाे संचालन र उपाध्यक्ष उमाकान्त उपाध्यायकाे स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष नारन आचार्य ,वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष वसन्तराज दाहाल , नयाँ पाईला बहुउद्देश्यीय सहकारी संस्थाका लि. अध्यक्ष  कृष्णबहादुर के.सी.लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
यस संस्थाकाे सुनवल, बर्दघाट, रामग्राम नगरपालिका र सरावल गाउँपालिका गरि ८ हजार ६ कुल सदस्य रहेका छन् ।



Ads