ताजा अपडेटः

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन प्रकाशित मिति: ११ बैशाख २०७९, आईतवार ०८:०७

काठमाण्डाै। कक्षा १२ को परीक्षाकाे समय परिवर्तन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ ।

यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।

कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।



Ads