ताजा अपडेटः

आर्थिक समृद्धिका लागि  कृषिलाई व्यवसायीकरण गर्नुपर्ने:- प्रथम राष्ट्रपति डा. रामवरण यादव

आर्थिक समृद्धिका लागि  कृषिलाई व्यवसायीकरण गर्नुपर्ने:- प्रथम राष्ट्रपति डा. रामवरण यादव प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार २२:०८

कल्पना खरेल,नवलपरासी । नेपालकाे पुर्व राष्ट्रपति डा.रामवरण यादवले हामीले पाएकाे  अधिकार विभिन्न कालखण्डमा नेपालको राजनीतिक व्यवस्थामा भएकाे परिवर्तनकाे  उपलब्धि  भएको बताउनु भएको छ । आज साेमवार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा आयोजित वि.पी को ११० औं जन्म जयन्तीको अवसरमा उनकाे शालिकको अनावरण गर्दै डा. यादवले यस्ताे बताउनुभएकाे हाे ।


प्रथम राष्ट्रपति डा. यादवले  जननायक वि.पी काेइरालाकाे राजनीतिक सिद्धान्तलाई टेकेर अगाडि बढ्न सके परिवर्तन सम्भव रहेकाे समेत बताउनुभयाे । उहाँले भन्नुभयाे :-” आर्थिक समृद्धिका लागि प्रकृतीलाई दाेहन हाेइन संरक्षण गर्नुपर्छ । कृषिलाई व्यवसायीकरण गर्नु आजकाे आवश्यकता हाे “।
उहाँले समय सगै भारत, अमेरिका लगायतका राष्ट्रले पनि पटक-पटक संविधान संशोधन गरेकाे जानकारी गराउद‌ै नेपालले पनि समय सापेक्ष संविधानलाई संशोधन गर्न सक्ने उल्लेख गर्नुभयाे ।
पूर्वराष्ट्रपति डा. यादवले वार्षिक ८ लाख यूवाहरू बाहिरिनु देशकाे अहिलेकाे डरलाग्दो अवस्था रहेकाेले त्यसकाे निराकरणकाे लागि देशमै राेजगार सृजना गर्ने बाताबरण निर्माण गर्न सरकारलाई आग्रह समेत गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै पुर्व मन्त्री एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिहं पुन, संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,जसपाका केन्द्रिय सदस्य राम बच्चन यादव, नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व स्थानीय बिकास राज्य मन्त्री घनश्याम यादव, लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले प्रतापपुर गाउँपालिकाले वि.पी. कोइरालाकाे  शालिक बनाई उनकाे याेगदान र त्यागकाे सम्मान गरेकाेमा खुसि ब्यक्त गर्दै वि.पी. ले देखाएको बाटाेमा हिड्न सके मात्र उनीप्रतिकाे सच्चा सम्मान हुने धारणा राखेका थिए ।
देशले कुशल नेतृत्व पाएकाे तर त्यसलाई सम्मान गर्न नसक्नु दुभाग्य भएकाे भन्दै इतिहास नविर्सिन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती प्रसाद यादव, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मुकुल आचार्य लगायतले  मन्तव्य राख्नुभएको थियाे  ।
प्रतापुर गाउँपालिका उपाध्यक्ष मन कुमारी चौधरीकाे स्वागत रहेकाे कार्यक्रमकाे अध्यक्षता प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गर्नुभएकाे थियाे ।



Ads