ताजा अपडेटः

सुनवल नेवा गुठीको ९ औ वार्षिक साधारणसभा तथा ७ औ अधिबेशन सम्पन्न

कल्पना खरेल
सुनवल नेवा गुठीको ९ औ वार्षिक साधारणसभा तथा ७ औ अधिबेशन सम्पन्न प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार १०:४३

कल्पना खरेल,नवपरासी । सुनवल नेवा गुठीको ९ औ वार्षिक  साधरण सभा तथा ७ औ अधिबेशनको कार्यक्रम सुनवल १ नेवा गुठीको भवन बनाहामा सम्पन्न भएको छ । सुनवल नेवा गुठी समितिका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षतामा तथा सुनवल वडा  नम्बर १ का वडा अध्यक्ष मनबहादुर  थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गूठीको अध्यक्षको प्रगति  एवम् कार्य योजनाको प्रतिबेदन गुठिका अध्यक्ष घनश्याम श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी सचिव सपना श्रेष्ठले साङ्गठनीक प्रतिबेदन,कोषाध्यक्ष लक्षमण श्रेष्ठले आर्थीक प्रतिबेदन र गुठीकाे लेखा प्रतिवेदन लेखा संयोजक अशोक श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । जसमा  जम्मा आम्दानी   रु ४ लाख ७ हजार १ सय ५ , खर्च तर्फ रु २ लाख ५९ हजार  १ सय ५ भएको र जम्मा बचत रु १ लाख १७ हजार रहेको जानकारी दिइएको थियाे ।
कार्यक्रममा २ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने गूठीको विभिन्न कार्य सम्पादनमा सहयोग पुर्याउनु हुने ११ जनालाई कदर पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रमलाइ  सम्बोधन गर्दै वडा अध्यक्ष थापा मगरले नेवार समुदायको आफ्नै छुट्टै धर्म,संस्कृति ,भाषा र भेषभुषा भएकोले यस समुदायले  त्यसकाे संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउनुभयाे । उहाँले यस समुदायले समाज र राज्य प्रती दिएको योगदानको कदर गर्दै आगामी दिनमा  गुठीको साथ सहकार्य गरेर काम गर्ने पनि बताउनुभयो ।
गुठीका सदस्य विकास श्रेष्ठकाे स्वागत र  सचिब सपना श्रेष्ठकाे संचालन रहेकाे कार्यक्रममा नेवा देय दबु नवलपरासीका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष संगीता श्रेष्ठ, निबर्तमान जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ,उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, खानेपानी उपभोक्ता समिती सदस्य संजय कुमार श्रेष्ठ, श्याम प्रसाद कर्मचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads