ताजा अपडेटः

अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने होइन, बाध्यकारी कानुन बनाउनुपर्छ ः मन्त्री शर्मा

कल्पना खरेल
अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने होइन, बाध्यकारी कानुन बनाउनुपर्छ ः मन्त्री शर्मा प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार १४:४४

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
आज आइतवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ’अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी छलफलमा मन्त्री शर्माले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भनेर सरकारले नसोचेको समेत बताउनुभयो ।
शर्माले अख्तियारले भ्रष्टाचारका काण्डहरू खोजी दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने काम सरकारकै भएको उल्लेख गर्नुभयो । राम्रो कानुन बनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा राज्य व्यवस्था तथा सुशासन समितिले महत्त्वपूणर् योगदान पुर्‍याउने उहाँको विश्वास छ ।
मन्त्री शर्माले यो विधेयक राष्ट्रियसभाले पारित गरेकाले त्यसले निकालेका निष्कर्षहरूलाई पनि संसदीय समितिले ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।




Ads