ताजा अपडेटः

दाङमा नव दम्पतीले गरे विवाह खर्च कटाई विद्यालयमा अक्षयकोष स्थापना

दाङमा नव दम्पतीले गरे विवाह खर्च कटाई विद्यालयमा अक्षयकोष स्थापना प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ११:५१

दाङ – दाङमा एक नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
दाङको बङ्गलाचुली गाउँपालिका वडा नं १ स्युजाका गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो।
विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक-एक जना छात्र/छात्रालाई प्रत्येक वर्ष जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यकासाथ आफूहरुले अक्षय कोषको स्थापना गरेको उनीहरुले बताएका छन् ।
विवाहमा हुने खर्च कटौती गरेर गणेश-पवित्रा वैवाहिक अक्षयकोष स्थापना गरिएको विश्वकर्माले बताउनु भयो । उनीहरुले दाङ जिल्ला अदालतबाट अदालती विवाह गरेका हुन् ।



Ads