ताजा अपडेटः

बुवाकाे मुख हेर्ने दिनपारी द पाइनियर स्कुलले  गर्याे नगरभित्रका ५४ बृद्वबुवालाई सम्मान

बुवाकाे मुख हेर्ने दिनपारी द पाइनियर स्कुलले  गर्याे नगरभित्रका ५४ बृद्वबुवालाई सम्मान प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार १८:३३

कल्पना खरेल,नवलपरासी । द पाइनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल-१, पश्चिम नवलपरासीले आज बिहीबार बृद्धबुबाहरूलाई सम्मान गरेकाे छ ।  “संस्कार सहितकाे शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने लक्ष्य सहित अगाडि बढेकाे यस विद्यालयले जिल्लामै एक उदारणीय कार्य गरेकाे हाे ।
विद्यार्थीलाई आफुभन्दा ठूलालाई सम्मान गर्नुपर्छ भन्ने संस्कारकाे विकाश गर्ने उदेश्यले  कुशे ओैसीँ तथा बुवाकाे मुख हेर्ने दिनकाे अबसर पारी यस्ताे कार्यक्रमकाे आयाेजना गरिएकाे विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले बताएका छन् ।
सम्मान कार्यक्रममा  नगरपालिका भित्रका विसासय, नदुवाटाेल, सुभवनगर, आक्षमबासी , खैरेनी, कैलाशेश्वर , राधाकृष्ण टाेलका गरी ६० बर्ष भन्दा बढि उमेर समूहका ५४ जना दिवासेवा केन्द्रका वुवाहरूलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
कार्यक्रमलाई राेचक बनाउनका लागि विद्यार्थीहरूले विच-विचमा नृत्य,कविता प्रस्तुत गरेका थिए भने बुवाहरूकाे खैजडि,मादल र  हार्मुनियमकाे तालमा गाउनुभएकाे भजनले त्यसमा थप सुनमा सुगन्ध थपिएकाे थियाे ।
कार्यक्रमका वक्ताहरूले पछिल्लाे पुस्ताहरूले आफ्नाे धर्म,संस्कृति र कलालाई विर्सनु दुखद रहेकाे भन्दै मृत्यु पश्चात् पनि सम्झन याेग्य काम गरेमात्र  जिवनले सार्थकता पाउने  बताएका थिए ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माकाे अध्यक्षता तथा सुनवल शिक्षा शाखाका अधिकृत  पशुपति भट्टराईकाे प्रमुख अतित्थ्यता रहेकाे कार्यक्रमकाे संचालन शिक्षक द्वय संगम पाण्डे र तारा बराले गर्नुभएकाे थियाे ।



Ads