ताजा अपडेटः

सुनवल लाेटर्स सेकेन्डरी स्कुलले हरेक Tuesday लाई book free day काे रूपमा मनाउदै

सुनवल लाेटर्स सेकेन्डरी स्कुलले हरेक Tuesday लाई book free day काे रूपमा मनाउदै प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार १८:२०

कल्पना खरेल,नवलपरासी । सुनवल लाेटर्स सेकेन्डरी स्कुलले हरेक Tuesday लाई book free day काे रूपमा मनाउन सुरू गरेकाे छ ।
बालबालिकालाई व्यवहारीक शिक्षा दिने उदेश्य सहित सुनवल लाेटर्स सेकेन्डरी स्कुलले creative Tuesday लाई book free day भनेर सुरू गरेकाे हाे ।
जस अन्तर्गत Tuesday मा विद्यार्थीहरू झाेला नलिकन विद्यालय आउने गर्दछन् । Tuesday अर्थात आजकाे दिन टिफिन समयसम्म जीवन जिउने कला सिकाईने र  टिफिन समयपछि प्रतिस्पर्धात्मक कार्यक्रमहरू गराईने विद्यालयका प्राचार्य मनिश्वर पाैडेलले बताउनुभएकाे छ ।
धेरै विद्यालयहरूले friday लाई अतिरिक्त क्रियाकलाप गराउने गरेपनि यस विद्यालयले Tuesday लाई अतिरिक्त क्रियाकलाप गराउने गरेकाे हाे ।  जसकारण शुक्रबारकाे दिन विद्यार्थीलाई गृहकार्य  दिन सकिने र अर्काेदिन सनिवार पर्ने हुदा बच्चाहरूकाे समय सदुपयोग हुने बताइएकाे छ ।
यसरी विद्यालयले भदौ महिनादेखि Tuesday लाई अतिरिक्त क्रियाकलापकाे रूपमा मनाउदै विद्यार्थीकाे उमेर समूह अनुसार कक्षा नर्सरीदेखि कक्षा १ सम्म हात धुने,ब्रस गर्ने, अनुशासनका कुराहरू,सामान्य अङ्ग्रेजी ज्ञान, भजन जस्ता क्रियाकलाप गराउदै आएकाे छ भने कक्षा  २,३,४,५,६,७,८ र ९ लाई कम्प्युटर सम्बन्धि ज्ञान,अन्नबाली सम्बन्धि ज्ञान,बगैंचा निर्माण देखि फुल राेपाई, माेमाे बनाउने लगाएत खाना पकाउने सीप सिकाइन्छ ।
वि.स. २०५९ सालमा स्थापना भएकाे यस विद्यालय सुनवल  चाैराहादेखि करिब २ किलाेमिटर भित्र रहेकाे छ । सुनवल नगरपालिका भित्रका वडा नम्बर ४,१,६,देखि वडा नम्बर ९ स्वाठि सम्मका विद्यार्थी रहेका यस विद्यालयमा हाल ३६ जना शिक्षकले  कक्षा नर्सरी देखि कक्षा १० सम्म जम्मा ५ सय ६४  विद्यार्थीलाई अध्यापन गराउदै आएकाे छ  ।



Ads